२०८३ कार्तिक १४ गते शुक्रबार

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, वित्तीय सेवा निर्यातबाट छ अर्ब डलर कमाउने लक्ष्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २३
ican

काठमाडौं। नेपाललाई विश्वव्यापी लेखा, लेखापरीक्षण तथा वित्तीय सेवा आउटसोर्सिङको केन्द्रका रूपमा स्थापित गर्ने महत्वाकांक्षी लक्ष्यसहित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘ग्लोबल अकाउन्टिङ इनिसिएटिभ इन नेपाल’ (गेन) परियोजना सार्वजनिक गरेको छ।

बुधबार काठमाडौँमा आयोजित विशेष समारोहमा परियोजनाको औपचारिक शुभारम्भसँगै नेपाली सेवा प्रदायकहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने डिजिटल अकाउन्टिङ आउटसोर्सिङ पोर्टल को पनि उद्घाटन गरिएको हो।

आइक्यानका अध्यक्ष नीलबहादुर सारु मगरले गेन परियोजनालाई आगामी आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढाइने जानकारी दिँदै विश्व बजारमा भारत, बंगलादेश, भियतनाम र फिलिपिन्सले आउटसोर्सिङमार्फत अर्थतन्त्रमा उल्लेखनीय योगदान दिइरहेको उदाहरण प्रस्तुत गरे।

उनले नेपालसँग पनि प्रतिस्पर्धा गर्न सक्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै नेपालमै बसेर अमेरिका, बेलायत र अष्ट्रेलियाजस्ता मुलुकका संस्थालाई लेखा सेवा दिन सकिने वातावरण निर्माण गर्नुपर्ने बताए। उनका अनुसार यसका लागि सीप विकास, प्रविधिको प्रयोग र स्पष्ट नीतिगत वातावरण अपरिहार्य छ।

हाल यस क्षेत्रबाट वार्षिक करिब ३ करोड अमेरिकी डलर आम्दानी भइरहेको अवस्थामा आगामी १० वर्षभित्र यसलाई ६ अर्ब अमेरिकी डलरभन्दा बढी पुर्‍याउने लक्ष्य राखिएको छ। साथै, सोही अवधिमा १ लाख ५० हजारभन्दा बढी दक्ष रोजगारी सिर्जना गर्ने दीर्घकालीन लक्ष्य पनि परियोजनाले लिएको आइक्यानले जनाएको छ।

आइक्यानका अनुसार परियोजनाको मूल उद्देश्य नेपालको लेखा तथा वित्तीय सेवालाई केन्द्रमा राखेर विश्वसनीय आउटसोर्सिङ गन्तव्यको रूपमा ब्रान्डिङ गर्नु, रणनीतिक साझेदारी विकास गर्नु र दिगो रोजगारी सिर्जना गर्नु रहेको छ ।

गेन परियोजनाले पाँच वर्षभित्र वार्षिक ५० हजारभन्दा बढी तथा आगामी दश वर्षमा एक लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । यसै अवधिमा सेवा निर्यातमार्फत बर्सेनि करिब रु ८० अर्ब बराबरको आय देशमा भित्र्याउने योजनासमेत छ ।

नेपालमा हाल ९ हजार ७४५ आइक्यान सदस्य र १५ हजारभन्दा बढी विद्यार्थी लेखा तथा वित्तीय क्षेत्रमा आबद्ध छन्। यी उपलब्ध जनशक्तिलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको तालिम प्रदान गरी विश्व बजारमा प्रतिस्पर्धी बनाउने गेन परियोजनाको प्रमुख उद्देश्य रहेको छ।

गेन परियोजना मुख्य रूपमा बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) र नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) मा केन्द्रित रहेको छ। सन् १९९० को दशकमा डाटा इन्ट्री र कल सेन्टरबाट सुरु भएको आउटसोर्सिङ सेवा अहिले वित्तीय विश्लेषण, लेखापरीक्षण, कर परामर्श तथा कानुनी सेवाजस्ता उच्च मूल्यका क्षेत्रमा विस्तार भइसकेको सन्दर्भमा नेपालले यही केपीओ सेग्मेन्टमा आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने लक्ष्य लिएको आइक्यानले जनाएको छ।

परियोजना सफल बनाउन आइक्यानले देशको अन्तर्राष्ट्रिय ब्रान्डिङ र रणनीतिक मार्केटिङ, जनशक्तिको सीप विकास र क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय एक्सपोजर तथा सहकार्य विस्तार, अकाउन्टिङ आउटसोर्सिङ पोर्टलमार्फत सेवा प्रदायक र ग्राहकबीचको पहुँच सुदृढीकरण, उपयुक्त इकोसिस्टम तथा पूर्वाधार निर्माण र अनुसन्धान तथा नीतिगत सल्लाह प्रदानजस्ता रणनीतिहरू अघि सारेको छ।

प्रोजेक्टलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आइक्यानले सरकारसँग सेवा निर्यातमा कर छुट, मूल्य अभिवृद्धि करसम्बन्धी स्पष्टता, वैदेशिक विनिमय प्रक्रिया सरलीकरण, डेटा संरक्षणसम्बन्धी कडा कानुनी व्यवस्था तथा उच्च गतिको इन्टरनेटजस्ता पूर्वाधार सुनिश्चित गर्न माग गरेको छ।

साथै, नेपाली लेखा फर्महरूलाई विदेशमा शाखा कार्यालय खोल्न पाउने कानुनी व्यवस्था मिलाउन र वैदेशिक लगानी आकर्षित गर्न आवश्यक नीतिगत सुधारका लागि सरकारसँग सहकार्य गर्ने जनाएको छ।

कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार फिलिपिन्स, भारत र भियतनामजस्ता देशहरूले आउटसोर्सिङ क्षेत्रबाट आफ्नो कुल गार्हस्थ उत्पादनमा ७ देखि ८ प्रतिशतसम्म योगदान गरिरहेका छन्। नेपालमा पनि कम श्रम लागत, अंग्रेजी भाषामा दक्ष युवा जनशक्ति र अनुकूल टाइम जोनका कारण अमेरिका, बेलायत र अष्ट्रेलियाजस्ता मुलुकका सेवाहरू नेपाल भित्र्याउने पर्याप्त सम्भावना रहेको बताइएको छ।

आइक्यानले सञ्चालनमा ल्याएको नयाँ डिजिटल पोर्टलमा नेपाली लेखा व्यवसायी तथा फर्महरूले आफ्नो विवरण दर्ता गर्न सक्नेछन्, जसले विदेशी ग्राहकलाई विश्वसनीय नेपाली सेवा प्रदायक छनोट गर्न सहज बनाउने विश्वास संस्थाले लिएको छ। आइक्यानले गेन परियोजनामार्फत सेवा निर्यात विस्तार गर्दै राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा ठोस योगदान पुग्ने अपेक्षा गरेको छ।

 

प्रकाशित: २०८२ पुस २३ गते बुधबार ०३:१७
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना