२०८३ कार्तिक २२ गते शनिवार

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले किन ल्यायो ऋणपत्र?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २४
nrb2

काठमाडौं। बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले यसलाई व्यवस्थापन गर्न नयाँ औजार अवलम्बन गरेको छ। बैंकिङ प्रणालीमा निष्क्रिय तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले हालसम्म छ वटा बन्ड जारी गरिसकेको छ। आज (बिहीबार) पनि एक वर्ष अवधिका लागि १० अर्ब रुपैयाँ बराबरको “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (च)” निष्कासन गरेको छ।

हाल बैंकिङ प्रणालीमा १० खर्ब रुपैयाँभन्दा बढी तरलता रहेको छ। यति ठूलो परिमाणको तरलता व्यवस्थापनका लागि निक्षेप संकलन र रिभर्स–रेपो पर्याप्त नभएपछि राष्ट्र बैंकले दीर्घकालीन समाधानका रूपमा बन्ड जारी गर्न थालेको हो। बन्ड जारी भएपछि बैंकहरूले दीर्घकालीन अवधिका लागि तरलता व्यवस्थापन गर्न सक्नेछन् र ब्याजदरमा अस्थिरता कम हुने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएको अवस्थामा राष्ट्र बैंकले यसलाई दीर्घकालीन र संरचनागत रूपमा व्यवस्थापन गर्न ऋणपत्रलाई नयाँ उपकरणका रूपमा प्रयोग गर्न थालेको बताउछन्। यसअघि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता तान्न निक्षेप संकलन र रिपो जस्ता अल्पकालीन उपायहरू प्रयोग गर्दै आएको थियो। अब केन्द्रीय बैंकले मध्यकालीन व्यवस्थापनका लागि ऋणपत्र जारी गरेको छ।

नेपाल क्लिकसँग कुरा गर्दौ पौडेलले भने, “हालसम्म हामी अल्पकालीन तरलता प्रसोचनमा केन्द्रित थियौँ। अब मध्यकालीन समाधानका लागि ऋणपत्रको माध्यमबाट दीर्घकालीन तरलता व्यवस्थापन गर्ने योजना अघि सारिएको छ।”
उनका अनुसार अब निक्षेप संकलन र रिभर्स–रिपोमार्फत तरलता तान्ने प्रक्रिया अब सीमित हुने र आगामी समयमा मुख्य माध्यम ऋणपत्र हुने छ।

बैंकिङ प्रणालीमा अत्यधिक तरलता आकस्मिक अवस्था नभई दीर्घकालीन संरचनागत समस्या भएको राष्ट्र बैंकको विश्लेषण छ। चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले जम्मा ६५ अर्ब ४ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन्।

बैंकहरूको निक्षेप निरन्तर बढ्दै गए पनि कर्जा विस्तार सुस्त रहँदा लगानीयोग्य पुँजी निष्क्रिय अवस्थामा थन्किन पुगेको छ। गत कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप परिचालन ३.१ प्रतिशत अर्थात दुई खर्ब २२ अर्ब ३८ करोड रुपैयाँ वृद्धि भएको छ।

कर्जा प्रवाह कमजोर हुनुका मुख्य कारणहरूमा उद्योग र व्यापार क्षेत्रमा लगानी वातावरणको अभाव, घरजग्गा बजारको सुस्त गतिविधि, राजनीतिक अनिश्चितता, सरकारी पुँजीगत खर्चको सुस्तता, र निजी क्षेत्रको अनिश्चितता रहेका छन्। यसका कारण, बैंकहरूमा जम्मा भएको विशाल निक्षेप अर्थतन्त्रमा सक्रिय रूपमा प्रयोग हुन सकेको छैन।

राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति अवलम्बन गरे पनि त्यसले कर्जा प्रवाहमा ठुलो प्रभाव देखाएको छैन। ब्याजदर घटे पनि निजी क्षेत्रमा लगानी उत्साह बढ्न सकेको छैन। यसले स्पष्ट गर्दछ कि मौद्रिक नीतिको प्रभाव केवल ब्याजदरमा निर्भर हुँदैन।

राष्ट्र बैंकका अधिकारीका अनुसार, कर्जा प्रवाह र अर्थतन्त्रमा सक्रियता बढाउन सरकार र निजी क्षेत्रको पहल अपरिहार्य छ। नीति स्थिरता, पुँजीगत खर्चको गति, संरचनागत सुधार र निजी क्षेत्रको मनोबल बलियो हुँदा मात्र कर्जा प्रवाहमा वास्तविक वृद्धि सम्भव हुन्छ।

अहिले बैंकहरूको निक्षेप मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १२३.१४ प्रतिशत पुगेको छ, जुन ऐतिहासिक उच्च स्तर हो। तर कर्जा–निक्षेप अनुपात ७३.९३ प्रतिशतमा सीमित छ, जसले अर्थतन्त्रमा लगानीयोग्य पुँजी निष्क्रिय भएको देखाउँछ। यसैबीच, निष्क्रिय कर्जा (एनपीए) ५.२६ प्रतिशत पुगेको छ, जसले बैंकहरूको जोखिम प्रोफाइल बढाएको छ।

राष्ट्र बैंकको बन्ड नीति तरलता व्यवस्थापनको लागि आवश्यक भए पनि अर्थतन्त्र सुदृढ गर्न पर्याप्त छैन। नीति निर्माताहरू, सरकार र निजी क्षेत्रबीच समन्वय, पुँजीगत खर्चमा गति, उद्योग र पर्यटन क्षेत्रको पुनरुत्थान, ऊर्जा र अवसंरचना लगानी, र राजनीतिक स्थिरता आएपछि मात्र कर्जा माग स्वाभाविक रूपमा बढ्नेछ।

राष्ट्र बैंकको नयाँ तरलता व्यवस्थापन नीति—ऋणपत्र जारी गर्ने रणनीति—ले बैंकिङ प्रणालीमा तरलता नियन्त्रणमा ल्याउने र दीर्घकालीन प्रभावकारिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यसले अल्पकालीन औजारहरूको भार घटाउने र अर्थतन्त्रमा मौद्रिक स्थिरता कायम गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ पुस २४ गते बिहिबार ०२:०४
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना