काठमाडौँ: शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य तोलामा दुई हजार १०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ६५ हजार सात सय रूपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिनको तुलनामा यसदिन चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेर प्रतितोला चार हजार ७८० रूपैयाँ कायम भएको छ।


