काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा एक हजार ८ सय रुपैयाँले बढेर २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सोमबार छापावाल सुन तोलामा २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ५ हजार १९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघको जनाएको छ।


