२०८३ कार्तिक १४ गते शुक्रबार

किसानलाई सखरखण्ड खन्नेदेखि बेच्नलाई भ्याइ नभ्याइ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ३०
photo 1

घोराही। यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो। बिहान पुसको चिसो सिरेटोको बेवास्ता नराखी किसान फरुवा चलाउँदै सखरखण्ड निकाल्न व्यस्त छन्। कोही सखरखण्ड खन्दै, कोही भने टिप्दै र थुपार्दैछन् भने कोही बजार पठाउनका लागि बोरामा भर्दैछन्। घरका परिवारले मात्र नभ्याउने भएपछि अन्य कामदार लगाएर किसान सखरखण्ड खनिरहेका छन्।

राजपुर गाउँपालिका–३ खरदरियाका किसान रामछोर यादव समयमै खनेर बजारमा पुर्याउन सके राम्रो नाफा हुने भएकाले किसानले सखरखण्ड खन्दै बिक्री गर्ने काम गरिरहेको बताए। तीन बिघा जमिनमा सखरखण्डखेती गरेका यादवले एक बिघामा रोपेको करिब ३५ क्विन्टल सखरखण्ड बिक्री गरिसकेको बताए। दुई बिघा जमिनमा रोपेको सखरखण्ड खन्ने काम भइरहेको छ, खन्न सके सखरखण्ड लिन व्यापारी रोपेको ठाउँमै आउने गरेका छन्, बिक्रीका लागि कुनै समस्या छैन, उनी भन्छन्।

व्यापारीलाई भनेको समयमा समान दिइसक्नुपर्छ। करिब डेढ लाख रुपैयाँको सखरखण्ड बिक्री गरिसकेका यादव यो वर्ष एक सय क्विन्टल बढी उत्पादन भए तीन लाख ५० हजार रुपैयाँसम्मको बिक्री हुने बताउछन्। उनका अनुसार सेतो सखरखण्ड प्रतिकिलो ४० देखि ४५ र रातो सखरखण्ड ४५ देखि ४९ रुपैयाँमा बिक्री भइरहेको छ। अन्य कृषि बालीको तुलनामा कम मिहिनेत र लगानीमै राम्रो आम्दानी लिन सकिने भएपछि धेरै किसानले पछिल्लो समय सखरखण्ड खेती गरेका सोही ठाउँका अर्का किसान धर्मप्रसाद यादव बताउछन्।

माघेसङ्क्रान्तिमा सखरखण्ड खाने चलन रहेकाले बजारमा यसको व्यापार बढ्दै गएको सोही ठाउँका अर्का किसान सीता यादव बताउछन्। यो समयमा राम्रो बिक्री हुने भएकाले आम्दानी पनि मनग्य हुने उनको भनाइ छ। राजपुर गाउँपालिका–३ र ४ नं वडाका २०० भन्दा बढी किसानले एकदुई कट्ठादेखि तीनचार बिघासम्म सखरखण्डको खेती गरेका छन्। एउटा किसानले थोरैमा २०–२५ हजारदेखि बढीमा ५–६ लाख रुपैयाँसम्म यही समयमा सखरखण्ड बेचेर आन्दानी गर्छन् भने दुई करोड बढी पैसा गाउँ भित्रिन्छ। सखरखण्ड लिनका लागि व्यापारी बारीमै पुग्छन्।

गत वर्ष ५० देखि ५५ प्रतिकिलो सखरखण्ड बिक्री गरेका किसानले यस वर्ष ४० देखि ४५ रुपैयाँ प्रतिकिलोका दरले सखरखण्ड बिक्री गरिरहेका छन्। बिक्रीका लागि समस्या नभए पनि बिचौलियाका कारण उचित मूल्य नपाएको किसानको गुनासो छ। कम मिहिनेत र लगानीमा छोटो समयमा राम्रो आम्दानी हुने सखरखण्ड भदौमा रोपिन्छ भने पुसको दोस्रो साताबाट खन्न सुरु हुन्छ। देउखुरीको राजपुरमा उत्पादन भएको सखरखण्ड लमही, घोराही, तुलसीपुर बजारका साथै वुटवलदेखि कोहलपुर र सुर्खेतसम्म पनि पुग्ने गरेको किसान बताउँछन्।

प्रकाशित: २०८२ पुस ३० गते बुधबार १०:५९
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना