काठमाडौँ: नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। मंगलबार हालसम्मकै सर्वाधिक मूल्यमा कारोबार भएको सुनको मूल्य बुधबार पनि बढेको हो।
बुधबार सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँ बढेर प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भैरहेको छ। मंगलबार सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा किनबेच भएको छ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३ सय १५ रुपैयाँले बढेको छ। यससँगै आज चाँदी एक तोला ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ कायम थियो।


