काठमाडौँः हिमालयन बैंक लिमिटेडको ३३औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ। साधारणसभाले बैंक तथा यसका सहायक कम्पनीसमेतको एकीकृत वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि वर्तमान लेखापरीक्षक सीए राजीव एन्ड एसोसिएटलाई पुनः नियुक्त गर्ने निर्णय गरिएको छ।
त्यसैगरी नियामक निकायको निर्देशनअनुसार बैंकको पुँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचना परिमार्जन गर्न आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ।


