काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार बिहानदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य एक रुपैयाँ घटाएको हो।
नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५३.५०, दोस्रो वर्गका लागि १५५ र तेस्रो वर्गका लागि १५६ रुपैयाँ तोकिएको निगमले जनाएको छ।
त्यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३३.५० पैसा, दोस्रो वर्गका लागि १३५ र तेस्रो वर्गका लागि १३६ रुपैयाँ तोकिएको छ।
यसैगरी निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ।


