काठमाडौँः आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा ५ हजार ६४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर ५ हजार ६२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


