काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ। सोमबार सुनको मूल्य एकैदिन तोलामा ४ हजार २०० रुपैयाँ बढेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै महँगो हो।
आइतबार सुनको मूल्य तोलामा दुई लाख ७७ हजार ८०० रुपैयाँ रहेको थियो।
यसअघि गएको बुधबार सुन सबैभन्दा महँगो मूल्यमा कारोबार भएको थियो। उक्त दिन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा सुनको खरिदबिक्री भएको थियो।
यस्तै आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। सोमबार चाँदी तोलामा १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ कायम भएको छ।


