काठमाडौं। आज मंगलबार सुनको भाउ बढेर उच्च बिन्दुमा पुगेको छ। सोमबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार २ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ।
आज छापावाल सुनको मूल्य प्रति १० ग्राम २ लाख ४४ हजार ८५ रुपैयाँ तोकिएको छ। नेपाली बजारमा आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ८८० रुपैयाँ पुगेको छ। प्रति १० ग्राम चाँदीको मूल्य ५४१ रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य पनि इतिहासकै उच्च विन्दुमा पुगेको छ।


