२०८३ कार्तिक १२ गते बुधबार

प्रिमियमा नपाएपछि सयमै आईपीओ ल्याउँदै ह्याम्स, दुई अर्बमा दोस्रो अस्पताल बनाउँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ८
Hams_hospital

काठमाडौँ: निजी लगानीमा सञ्चालित हस्पिटल फर एडभान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स) लिमिटेड प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रियाबाट पछि हटेको छ। नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रिमियममा आईपीओ जारी गर्न अनुमति नदिने भएपछि ह्याम्सले अंकित मूल्य प्रतिकित्ता एक सय रुपैयाँमा आईपीओ ल्याउन लागेको हो।

ह्याम्सले यसअघि प्रतिकित्ता २८८ रुपैयाँ (१८८ रुपैयाँ प्रिमियम थपेर) मा ११ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न २०८० पुस २६ गते बोर्डमा आवेदन दिएको थियो। प्रिमियम मूल्यबाट ३२ करोड ४० लाख रुपैयाँ लगानी जुटाउने योजना भए पनि बोर्डको स्वीकृतिको अभावमा मूल्य परिवर्तन गरी चुक्ता पुँजीको २० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर जारी गर्ने नयाँ प्रस्ताव गरिएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

ह्याम्सले दुई अर्ब रुपैयाँ लगानीमा भक्तपुरको नयाँ थिमिस्थित गठ्ठाघरमा हेलिप्याडसहितको दोस्रो अस्पताल बनाइरहेको छ।

यसका लागि बैंकबाट एक अर्ब ४० करोड ऋण लिने र सेयरधनीबाट ६० करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने योजना छ। दुई चरणमा १००/१०० बेड थप्ने तयारी गरिरहेको हस्पिटलले गठ्ठाघरमा सञ्चालनमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटलको स्वामित्व समेत १० करोड रुपैयाँमा खरिद गरिसकेको छ।

नागरिकको कुल २२ लाख ७३ हजार कित्ता सेयरमध्ये ह्याम्सले ९ लाख ९१ हजार कित्ता खरिद गरेको हो।

डेढ वर्षअघि नागरिकको जिम्मेवारी लिएपछि त्यहाँको सेवा सुधार र उपकरण खरिदमा २० करोड बढी लगानी भइसकेको छ। नागरिकसँग हाल १२ रोपनी जग्गा, तीन तलाको कलेज भवन र नर्सिङ तथा एचएका शैक्षिक कार्यक्रमहरू छन्। यस्तै, मण्डिखाटारमा सञ्चालित ह्याम्सको क्षमता विस्तारका लागि ५० बेड थप्ने काम सुरु भएको छ, जसमा भवन निर्माणमा ३० करोड र उपकरण खरिदमा २० करोड रुपैयाँ खर्च हुनेछ।

प्रकाशित: २०८२ माघ ८ गते बिहिबार ०६:१८
प्रतिक्रिया

थप समाचार

सेयर धितो कर्जाको भरमा बढ्दै सेयर बजार, कारोबार ७ अर्ब नाघ्यो

मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ।

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

सिटिजन्स सुपर ५० को इकाई मंसिर २ देखि बिक्रीमा, न्यूनतम १०० इकाई भर्नुपर्ने

काठमाडौँः सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ नामक बन्दमुखी म्युचुअल फण्डको इकाई मंसिर २ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन...

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम साढे ५ अर्बमाथि

काठमाडौँः मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३०.७६ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक सामान्य अंकले बढे पनि बजारमा कारोबार रकम भने वृद्धि भएको छ। सोमबार...

दशैँपछिको पहिलो कारोबार दिन नेप्से सामान्य अंकले घट्यो

काठमाडौँः दशैँ बिदापछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। दशैँअघि लगातार सात कारोबार दिन बढेको नेप्से बिदापछि भने घटेको हो। नेप्सेसँगै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना