काठमाडौँ: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गत मंगलबार उम्मेदवारी मनोनयन गराएकामध्ये देशभरबाट ४९ जनाले नाम फिर्ता लिएका छन्। शुक्रबार पत्रकार सम्मेलनमार्फत निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी गराएका हुन्।
यस्तै ५ जनाविरुद्ध उजुरी परेकोमा एक जनाको मनोनयन रद्द भएको छ। बाँकी चार जनाको उम्मेदवारी कायमै रहेको छ। मनोनयन रद्द हुनेमा कैलाली १ बाट उम्मेदवारी दिएका रेशम चौधरी रहेका छन्।
उम्मेदवारी फिर्तापछि अब आयोगले अन्तिम नामवली प्रकाशन गरेको छ। अन्तिम नामवलीमा देशभरबाट तीन हजार ४३७ जनाको उम्मेदवारी कायम भएको छ।
आजै आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह दिने कार्यतालिका रहेको छ।


