२०८३ कार्तिक २४ गते सोमबार

सर्वोच्चले सोध्यो रेशमको उम्मेदवारी रद्द गर्नुको कारण, अन्तरिम आदेशका लागि छलफलमा बोलायो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ११
resham_chaudhari-2_copy_1200x800_1

काठमाडौँ: सर्वोच्च अदालतले  कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी रद्द गर्नुको कारण सोधेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाएको छ।

निर्वाचन अधिकृतको कार्यालयल कैलालीले माघ ८ गते चौधरीको उम्मेदवारी रद्द गरेको थियो। उनीविरुद्ध आठ जना प्रहरी र एक नाबालक मारिएको टीकापुर घटनामा सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भएकाले उनी निर्वाचन लड्न अयोग्य भएको भन्दै उजुरी परेको थियो।

उक्त उजुरीको छानबिनपछि निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उनी उम्मेदवार हुन ‘अयोग्य’ रहेको ठहर गर्दै उम्मेदवारी रद्दको निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध माघ ९ गते चौधरी आफ्नो उम्मेदवारी कायम गराइपाऊँ भन्दै उत्प्रेषणको रिट लिएर सर्वोच्च पुगेका थिए।

२०७२ भदौ ७ गते रेशमको नेतृत्वमा भएको थरुहट–थारुवान संघर्ष समितिको आन्दोलनका क्रममा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो। उक्त घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

उक्त फैसला २०८० जेठ २ गते सर्वोच्चले पनि सदर गर्दै २० वर्षको कैद सजाय सुनाएको थियो।

तर २०८० जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ गते उनलाई आममाफी दिएका थिए। रेशमले आफूले राष्ट्रपतिबाट पूर्ण आममाफी भएको भन्दै उम्मेदवार बन्न योग्य रहेको जिकिर रिटमा गरेका छन्।

प्रकाशित: २०८२ माघ ११ गते आईतबार ०३:५७
प्रतिक्रिया

थप समाचार

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना