२०८३ कार्तिक १४ गते शुक्रबार

कजरिया टायलको नयाँ शोरुम विराटनगरमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ११
IMG-20260123-WA0016.jpg

काठमाडौँ: प्रिमियम टायल उत्पादक कम्पनी कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै विराटनगरको मुनाल पथमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित शोरूमले विराटनगर तथा आसपासका क्षेत्रमा टायलको बढ्दो मागलाई लक्षित गरेको कम्पनीले जनाएको छ।

शुक्रबार बिहान सम्पन्न उद्घाटन समारोहमा कोशी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल र मिस नेपाल अर्थ २०२५ सोनी घलेको पनि उपस्थिति रहेको थियो। कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले कजारियाजस्ता उद्योगहरूको लगानीले प्रदेशको औद्योगिक तथा आर्थिक गतिविधिमा योगदान पुग्ने बताए। उनले जिम्मेवार र दिगो औद्योगिक विस्तारलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने उल्लेख गरे।

कजारिया रमेश टाइल्सका निर्देशक अग्रवालले विराटनगर शोरूम पूर्वी नेपालका ग्राहकहरूसम्म कम्पनीका उत्पादन सहज रूपमा पुर्‍याउने उद्देश्यले खोलिएको बताए। उनले न्यु ज्योति ट्रेडर्ससँगको सहकार्यप्रति पनि सन्तुष्टि व्यक्त गरे।

विराटनगरको केन्द्रमा अवस्थित शोरूममा आवासीय तथा व्यावसायिक प्रयोजनका लागि उपयुक्त विभिन्न प्रकारका प्रिमियम टायलहरू प्रदर्शन गरिएको छ। ग्राहकहरूले विभिन्न डिजाइन र आकारका टायलहरू अवलोकन तथा छनोट गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको टायल उत्पादन उद्योगमार्फत ३ हजारभन्दा बढी डिजाइनका टायल उत्पादन गर्दै आएको छ। हाल कम्पनीको नेपालभर १०० भन्दा बढी शोरूम सञ्चालनमा छन्। कम्पनीका उत्पादनमा ग्लेज्ड भिट्रिफाइड, हेभी ड्युटी भिट्रिफाइड तथा सेरामिक वाल टायलहरू समावेश छन्।

विराटनगर शोरूम सञ्चालनसँगै कजारियाले पूर्वी नेपालमा आफ्नो बजार पहुँच थप विस्तार गरेको जनाएको छ।

प्रकाशित: २०८२ माघ ११ गते आईतबार ०४:३७
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना