काठमाडौँः साताको चौथो कारोबारी दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक आज ५.३८ अंकले बढेर २,७३१.८९ विन्दुमा बन्द भएको छ।
आज कुल २ करोड ३६ लाख १८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १४१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ११२ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
विशेषतः कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ, जसको ८३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


