काठमाडौँः साताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २० हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा आइपुगेको हो। बिहीबार तोलामा २० हजार ५०० रुपैयाँ बढेको सुन आज त्यही रकम बराबर सस्तिएको हो।
बिहिबार छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँको कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा किर्तीमानी उचाईबाट ४४० रुपैयाँले घटेर प्रतितोला ७ हजार ६५ रुपैयाँमा आइपुगेको छ।


