काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको थियो।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ५ हजार २ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


