२०८३ कार्तिक २४ गते सोमबार

पाँच अर्ब लगानीमा भरतपुरमा नयाँ औषधी उद्योग ल्याउँदै देउराली जनता फर्मास्युटिकल्स

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २०
deurali_Janata

काठमाडौँ: देउराली जनता फर्मास्यूटिकल्स प्रालिले उत्पादनलाई विविधीकरण गर्दै क्षमता वृद्धि गर्ने भएको छ। उद्योगले चार अर्ब ७५ करोड रुपैयाँ लगानी गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक नयाँ कारखाना चितवनको भरतपुरमा निर्माण गर्ने भएको छ।

यो प्रस्तावित आयोजनालाई आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको देउराली जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए। शर्माका अनुसार नयाँ परियोजना सम्पन्न भएपछि थप ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुनेछ।

उत्पादन विविधीकरण र उत्पादन क्षमता बढाउन थप लगानीको प्रयासमा सबैको सहयोग आवश्यक भएको उनले बताए।

‘विज्ञानमा आधारित गुणस्तर र सत्यनिष्ठाबाट प्रमाणित भएको हाम्रो कार्यदिशाको मर्मलाई आत्मसाथ गर्दै औषधि उत्पादनमा आत्मनिर्भर बन्ने र विश्व बजारमा नेपाली औषधिको निर्यात सम्भावनालाई साकार पार्न कम्पनी निरन्तर अघि बढिरहेको छ,’ उनले भने।

आगामी दिनहरूमा पनि जनस्वास्थ्यको क्षेत्रमा अझ प्रभावकारी नविन प्रविधि र उच्च गुणस्तरका उत्पादनमार्फत व्यावसायिक सेवाको यात्रामा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिज्ञा उद्योगले गरेको छ।

देउराली जनताले ३५ वर्षदेखि उच्च प्रविधि आयात गरी अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवामा समर्पित गर्दै आएको छ।

उद्योगले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अत्यावश्यक जीवन रक्षक औषधिहरू र विभिन्न दीर्घ रोगहरूको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्वालेट, लिक्विड, ओन्टिमेन्ट र ड्राइपावडरलगायत २९६ प्रकारका जीवन रक्षक औषधिहरू उत्पादन गरिरहेको छ।

औषधीको अनुसन्धान, उत्पादनका साथै उत्पादनहरूको गुणवत्ता निर्धारण गर्ने अत्याधुनिक प्रविधि र उपकरणसहितको सुविधा सम्पन्न कारखाना निर्माण गरि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीयता भएका औषधिहरू नेपाली जनतालाई उपलब्ध गराईरहेको उद्योगले जनाएको छ।

देउराली जनताको औषधि व्यापार बढ्यो, एक वर्षमा दुई अर्ब ३५ करोडको कारोबार

‘३५ औं वार्षिकोत्सवको विशेष अवसरमा विगतका हाम्रा अनुभवहरूको उपयोग गर्दै औषधिको गुणात्मक स्तर वृद्धि गरी यस क्षेत्र राष्ट्रलाई आत्मनिर्भर बनाउन योगदान गर्न हामी संकल्पित छौँ,’ कार्यकारी निर्देशक शर्माले भने।

देउराली जनता नेपालको औषधि उत्पादन क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रविधि आयात गर्ने पहिलो र एकमात्र उद्योगको रूपमा स्थापित भई कुशल उत्पादन एवं गुणस्तर नियन्त्रण प्रक्रिया तथा वातावरणीय मापदण्ड पूरा गरेको आधारमा प्रदान गरिने आइएसओ प्रमाणीकरणहरू र विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम अन्तर्राष्ट्रियस्तरको कुशल औषधि उत्पादन प्रक्रिया पूरा गरेको आधारमा प्रदान गरिने (डब्ल्युएचओ जीएमपीको प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो औषधि उद्योग हो।

आर्थिक मन्दी र बजारको उतारचढावका बीच पनि उद्योगले अघिल्लो वर्षको तुलनामा १६ प्रतिशत व्यापार बढाएको छ।

एक वर्षमा देउराली जनताले दुई अर्ब ३५ करोड रुपैयाँको औषधि व्यापार गरेको छ। अघिल्लो वर्ष उद्योगले दुई अर्ब दुई करोड ३० लाख रुपैयाँ व्यापार गरेको थियो। एक वर्षमा देउराली जनताको व्यापार ३२ करोड ७० लाख रुपैयाँ बढेको छ।

देउराली जनताले सन् २०२३ मा एक अर्ब ८६ करोड ४० लाख, २०२२ मा एक अर्ब ७० करोड ५० लाख र २०२१ मा एक अर्ब ४६ करोड ६९ लाख रुपैयाँ व्यापार गरेको जनाएको छ।

प्रकाशित: २०८२ माघ २० गते मङ्गलबार ०६:३८
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना