काठमाडौँः नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ९ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुयैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार ५ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार(आज) घटेर ४ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको छ ।


