२०८३ कार्तिक १४ गते शुक्रबार

सगरमाथा आधार शिविरमा कोरियन ब्राण्ड ‘ब्ल्याक याक ब्राण्ड’ विज्ञापन छायाँकन, नेपाल खुल्ला स्टूडियो बन्नसक्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २३
photo-1_2a6a26b7

काठमाडौं। सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन भइरहेको छ। सगरमाथा आधार शिविरमा कोरियन ब्राण्ड ‘ब्ल्याक याक’ ब्राण्डको विज्ञापन छायाँकन भइरहेको छ।

नेपालमा सामान्यतया हिमाली पदयात्राको लागि हिउँदे समयलाई जोखिमपूर्ण समय मानिन्छ। हिउँदे समयमा जोखिम तथा उच्च चिसोका कारण पदयात्रा गर्न अपूर्ण हुन्छ भन्ने मान्यताको गलत भाष्यलाई कोरियन ब्राण्ड ‘ब्ल्याक याक ब्राण्ड’ ले चिरिदिएको छ।

बेमौसमीमा हिमालमा अत्यधिक चिसो, तीव्र गतिको हावा, हाइ अल्टिच्युट सिकनेस र हाइपोथर्मियाको जोखिम बढाउँछ भन्ने मान्यताले पदयात्रीहरु यात्रा गर्न डराउँछन्। तर १६ जना कोरियनलगायत ४० जनाको टीमले यो ‘ब्ल्याक याक ब्राण्ड’को विज्ञापन छायाँकनले यसलाई गलत सावित गरिदिएको हो।

उक्त विज्ञापनलाई ड्रोन र क्यामेरा प्रयोग गरी छायाँकन भइरहेको छ। यसको सबै सरकारी अनुमति प्रक्रिया र प्राविधिक व्यवस्थापन भने फिल्म क्रू नेपाल नामक संस्थाले गरेको हो। फिल्म क्रू नेपालले उक्त वृत्तचित्रको लागि गृह, पर्यटन मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग तथा संञ्चार मन्त्रालयबाट अनुमति लिएको थियो।

पर्यटन व्यवसायी नावा निमा शेर्पाले नेपाल दुईवटा सिजनको लागि मात्र नभइ हिउँदे सिजन पनि त्यत्तिकै सौन्दर्य र मौसमअनुकुल छ भन्ने कुरा विश्वलाई चिनाउन चाहेको बताए। विशेष विन्टर सिजनलाई फोकस गरेर हिमाली भेगमा डकुमेन्ट्री, फिल्म सुटिङलाई अलि प्रवर्द्धन गर्नुपर्ने समेत बताउँछन्।

उनले भने, ‘चारवटा सिजनलाई व्यवसायीहरुले गलत प्रचार गरेजस्तो लाग्छ। अक्टोबर र स्प्रिङ सिजनमा पर्यटन गतिविधि धेरै हुन्छ तर नेपालमा यसबारे गलत बुझाइ छ। नेपालमा दुईवटा सिजनको लागि मात्र होइन, विन्टरमा पनि त्यत्तिकै सौन्दर्य र मौसमअनुकुल छ। विशेषगरी नेपालको लागि यो सिजन एकदमै राम्रो हो भन्ने कुरालाई फोकस गरेर हिमाली भेगमा डकुमेन्ट्री, फिल्म सुटिङलाई बढी प्रवर्द्धन गर्नुपर्छ।’

यसैगरी उनले नेपाल संसारकै प्रकृतिक रूपले खुल्ला स्टूडियो भएको हुनाले नेपाल सरकारले बढी फिल्म क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्ने बताए। उनले कानुनी प्रक्रियाहरु विशेषगरी अनुमति प्रक्रियामा सहजीकरण गर्यो भने आउने दिनमा नेपाल धेरै भन्दा धेरै सुखी हुने बताए।

उनले भने, ‘सरकारले नेपाल संसारका लागि अपन स्टूडियोका रुपमा बुझाउन सक्नुपर्छ। फिल्म सुटिङका लागि प्रमोट गर्दै कानुनी प्रक्रियाहरुमा सहजीकरण गरिदिनुपर्छ। विशेषगरी अनुमति दिने कुरामा सहजीकरण भयोभने आउने दिनमा नेपाल धेरै भन्दा धेरै सुखी हुन्छ। यसले नेपाललाई संसारभरी प्रवद्र्धन गर्छ भन्ने व्यवसायीहरुको मान्यता हो।’

वसन्त ऋतुलाई हिमाल आरोहणको मुख्य सिजन मानिन्छ। सामान्यतया नेपालमा हिमाल आरोहण र पदयात्राका लागि असोज, कार्तिक र बैशाख महिनालाई उपयुक्त मानिन्छ। सरकार र पर्यटन व्यवसायीले सोही अनुसार पर्यटन प्रवद्र्धन गर्ने गरेका छन्।

तर पर्यटन विभागले आरोहीहरुले निवेदन दिएको खण्डमा जुनसुकै सिजनमा पनि अनुमति दिने गरेको निर्देशक तथा सूचना अधिकारी हिमाल गौतमले बताए।

प्रकाशित: २०८२ माघ २३ गते शुक्रबार ०५:५३
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना