२०८३ कार्तिक २४ गते सोमबार

अस्वस्थ जीवनशैली र मानसिक तनावले बढाइरहेको छ मुटु रोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २४
heart_attack

काठमाडौं। पछिल्लो समय नेपालमा हृदयघातका घटनाहरू बढ्दै गएका छन्। उमेर नपुगेका, बाहिरबाट स्वस्थ देखिने व्यक्तिहरूमा समेत अचानक हृदयघात हुने घटनाले आम नागरिकमा चिन्ता बढाएको छ।

चिकित्सकहरूका अनुसार हृदयघात हुनुका पछाडि मुख्यतः अस्वस्थ जीवनशैली, मानसिक तनाव र मुटुसम्बन्धी जोखिम कारकहरू जिम्मेवार छन्।

विशेषज्ञका अनुसार हृदयघात तब हुन्छ, जब मुटुलाई रगत पुर्याउने कोरोनरी धमनी अचानक बन्द हुन्छ। धमनीभित्र लामो समयदेखि जमेको बोसो (कोलेस्ट्रोल) फुट्दा रगत जमेर थक्का बन्ने र मुटुको मांसपेशीले अक्सिजन नपाउँदा हृदयघात हुने गर्छ।

चिकित्सकहरू भन्छन्, उच्च रक्तचाप, मधुमेह, धुम्रपान, अत्यधिक मदिरा सेवन, असन्तुलित खानपान र शारीरिक निष्क्रियता हृदयघातका प्रमुख कारण हुन्। पछिल्लो समय मानसिक तनाव, अनियमित जीवनशैली र निद्राको कमीले पनि जोखिम बढाएको उनीहरूको भनाइ छ।

विशेषगरी शहर केन्द्रित जीवनशैली, फास्ट फुडको बढ्दो प्रयोग र लामो समयसम्म शारीरिक गतिविधि नगर्ने बानीले युवामा समेत मुटु रोगको जोखिम बढाएको चिकित्सकहरू बताउँछन्।

परिवारमा मुटु रोगको इतिहास भएका व्यक्तिमा जोखिम अझ बढी हुने बताइन्छ। बरिष्ठ कलाकार सुनिल थापाको शनिबार विहान हृदयघातका कारण निधन भएपछि हृदयघातप्रति आम मानिसलाई झस्काएको छ।

लक्षणहरु

हृदयघातका बेला छाती दुख्ने वा भारी महसुस हुने, बायाँ हात, घाँटी, ढाड वा जबडातिर दुखाइ फैलिने, सास फेर्न गाह्रो हुने, अत्यधिक पसिना आउने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्त नजिकको अस्पताल पुर्याए ज्यान जोगिन सक्ने चिकित्सकहरू बताउँछन्।

रोकथाम सम्भव छ

स्वास्थ्य विज्ञहरूका अनुसार हृदयघात पूर्ण रूपमा रोक्न नसकिए पनि जोखिम भने धेरै हदसम्म घटाउन सकिन्छ। नियमित व्यायाम, सन्तुलित आहार, धुम्रपान नगर्ने, तनाव व्यवस्थापन गर्ने, पर्याप्त निद्रा लिने र समय–समयमा स्वास्थ्य परीक्षण गराउने हो भने मुटु रोगबाट बच्न सकिन्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार नियमित व्यायाम, सन्तुलित आहार, धुम्रपानबाट टाढा रहने, तनाव व्यवस्थापन गर्ने र नियमित स्वास्थ्य परीक्षण गर्ने हो भने हृदयघातको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ।

मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले अहिले मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको छ। नेपाल न्यूज बैंकसँगको कुनारानीमा उनले अहिले वर्षेनी मुटुको रोगबाट दुई करोड मानिसहरू मर्ने गरेको उल्लेख गर्दै त्यसमध्येमा ६५ लाख मानिसहरू अल्पायूमै मर्ने गरेको बताए।

उनले भने, ‘अहिले मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको छ। अहिले वर्षेनी मुटुको रोगबाट दुई करोड मानिसहरू मर्छन्। अब त्यसमध्ये ६५ लाख मानिसहरू त अल्पायुमै मर्छन्। अल्पायू भनेको यो ४० वर्षभन्दा कम उमेरमै मर्छन् मुटुको रोगबाट। ६५ लाखभन्दा बढी मान्छेहरू।’

यसैगरी नेपालमा ३० हजार मानिसहरू मुटुको रोगबाट मर्ने गरेको उनी बताउँछन्। विकसित राष्ट्रहरूभन्दा पनि हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् मुटुको रोग धेरै हुने गरेको डा.रेग्मीको भनाई छ।

‘हाम्रो नेपालमा ३० हजार मानिसहरू मुटुको रोगबाट मर्छन्। मुटुको रोग बढ्ने क्रममा छ। हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् धेरै छ,’ उनी भन्छन्, ‘विकसित राष्ट्रहरूभन्दा मुटुको रोग जुन बढिरहेको छ, यसलाई रोकथाम गर्नका लागि एकदमै जरूरी छ। यो रोकथाम गर्नका लागि मानिसहरूलाई सचेत बनाउन एकदमै जरुरी छ।’

मुटुरोग विशेषज्ञ डा।रेग्मीका अनुसार मुटु रोग विश्वका लागि सबैभन्दा खतरनाक स्वास्थ्य समस्या बनेको छ।

प्रकाशित: २०८२ माघ २४ गते शनिवार ०६:२८
प्रतिक्रिया

थप समाचार

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं। दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ। स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने

काठमाडौं। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना