काठमाडौँः साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२५ अकंले घटेर २६९८.४४ बिन्दुमा कायम भएको छ ।
आज ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन ११ उपसूचक राताम्य भएका छन् । इन्भेष्टमेन्ट समूह र अन्य समूहको सेयर मूल्यमा मात्रै सामान्य सुधार देखिएको हो । आइतबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै सुपर माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ५६ करोड माथिको सेयर कारोबार भएको छ । आज सुपर माई हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।


