काठमाडौँ: आइतबार नेपाली बजारमा तोलामा ९ हजार ५०० रुपैयाँ बढेर प्रतितोला र ३ लाख ५०० रुपैयाँमा किनबेच भएको सुनको मूल्य सोमबार पनि बढेको छ। यसदिन सुन तोलामा चार हजार १०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको ३ लाख ५०० रुपैयाँमा किनबेच भैरहेको छ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा २४० रुपैयाँ बढेको छ। आइतबार चाँदी तोलामा ५ हजार १० रुपैयाँमा कारोबार भएकोमा यसदिन ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ।


