२०८३ कार्तिक १४ गते शुक्रबार

‘१ रुपैयाँ डिल’ दराज ११.११ अन्तर्गत दाहालले जितिन् रिज्टा स्कुटर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २६
daraz

काठमाडौँ: एक रुपैयाँको साधारण खरिदले जीवन बदल्ने जित दिलाउन सक्छ भन्ने उदाहरण बनेकी छिन् ललितपुर हरिसिद्धी निवासी आश्मा दाहाल। दराज नेपालको सर्वाधिक लोकप्रिय अभियान ११.११को ‘१ रुपैयाँ डिल’ अन्तर्गत आश्मा दाहालले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जित्दै दराज ११.११ ‘द बिगेस्ट सेल अफ दि इयर’ को ग्राण्ड प्राइज विजेता बन्न सफल भएकी हुन्।

दराज ११.११ अभियान नोभेम्बर १०को साँझ ८ बजेदेखि नोभेम्बर २१ सम्म सञ्चालन गरिएको थियो। यस अभियान अवधिभर ग्राहकहरूको अत्यधिक सहभागिता पश्चात यसलाई नोभेम्बर ३० सम्म विस्तार गरिएको थियो। अभियानको नियमानुसार १ रुपैयाँ डिलका सामग्रीहरू सफलतापूर्वक अर्डर गर्नुका साथै सबैभन्दा धेरै डेलिभर भएका अर्डर पूरा गर्ने र न्यूनतम १०,००० रुपैयाँ खरिद मापदण्ड पूरा गरेपछि आश्मा दाहाल ग्रान्ड प्राइजका लागि छनोट हुनु भएकी थिइन्।

दराज ११.११ को ग्रान्ड प्राइजका रूपमा प्रदान गरिएको एथर रिज्टा इलेक्ट्रिक स्कुटर दैनिक प्रयोग र स्मार्ट शहरी यात्रालाई विशेष ध्यानमा राखेर डिजाइन गरिएको एथर इनर्जीको परिवारमैत्री स्कुटर हो। फराकिलो डिजाइन, उन्नत सुरक्षा फिचर्स, स्मार्ट ड्यासबोर्ड र सहज राइडिङ अनुभवका कारण एथर रिज्टा दिगो र व्यवहारिक इलेक्ट्रिक मोबिलिटीको नयाँ मानकका रूपमा परिचित छ। यसले गर्दा दराजको ११.११ अभियानको ग्रान्ड प्राइजका रुरुपमा एथर रिज्टाले अभियानलाई अझ विशेष बनाएको छ।

१ रुपैयाँ डिल ग्रान्ड प्राइजसँगै, दराज नेपालले ११.११ अवधिमा सञ्चालन गरिएका अन्य आकर्षक उपहार योजनाका विजेताहरूको पनि घोषणा गरेको छ। राजविराजका सुवास विश्वकर्माले बिग डिजिटलद्वारा प्रायोजित एक जनाका लागि थाइल्याण्ड यात्रा जितेका छन्। काठमाण्डौँको कमलादीकी निकिता श्रेष्ठले एस्टाबेरीद्वारा प्रायोजित एक जोडीका लागि होटल कन्ट्री भिल्लामा बसाइँ जितेकी छिन्। त्यसैगरी, कुलेश्वर काठमाडौँकी नम्रता सापकोटा, लहानकी कृपा शाही ठकुरी, बुटवलकी अलिशा श्रेष्ठ, ललितपुरकी शिवानी मिश्र तथा कोटेश्वर काठमाडौँका अभिषेक पौडेलले डा. शेठ्सद्वारा प्रायोजित एक–एक जोडीका लागि यती एक्स रुपाकोटको बसाइ जितेका छन्।

प्रकाशित: २०८२ माघ २६ गते सोमबार ०५:४४
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना