बेसीसहर: प्रिमियम र नवीन टाइल उत्पादन गर्दै आएको कजारियाले लमजुङको बेसीसहरमा नयाँ शोरूम उद्घाटन गरेको छ। न्यु आलम मार्बल एण्ड टाइल्सले संचालन गर्ने यो शोरूमले लमजुङ र वरिपरि क्षेत्रहरूको माग परिपूर्ति गर्ने उद्देश्य रहेको छ।
आइतबार सम्पन्न औपचारिक शोरुम उद्घाटन कार्यक्रममा प्रतिष्ठित अतिथिहरू, उद्योग पेशेवर, व्यवसाय साझेदार र स्थानीय ग्राहकहरूको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रम कजारियाका कन्ट्री म्यानेजर अभ्याश तिवारीले कजारिया सदैव उच्च गुणस्तरीय उत्पादन, आधुनिक डिजाइन, र भरपर्दो समाधान प्रदान गर्ने उद्देश्यमा प्रतिबद्ध रहेको बताए।
उनले भने, ‘बेसीसहरमा नयाँ शोरूमको उद्घाटन हाम्रो पहुँच विस्तार गर्ने र लमजुङ तथा वरिपरिका क्षेत्रका ग्राहकहरूसँग हाम्रो विश्वस्तरीय टाइल संग्रह नजिक पुर्याउने महत्वपूर्ण कदम हो। हामी यस यात्रा जारी राख्दै न्यु आलम मार्बल एण्ड टाइल्ससँग साझेदारी गर्न पाउँदा खुसी छौँ।’
नयाँ शोरूममा कजारियाका प्रिमियम टाइल संग्रहको विस्तृत र विचारपूर्वक चयन गरिएको रेंज प्रदर्शनीका लागि राखिएको छ। बेसीसहरमा अवस्थित यो शोरूम घरधनी, वास्तुकार, निर्माणकर्ता, र ठेकेदारहरूका लागि टिकाउ, स्टाइलिश र उच्च प्रदर्शन क्षमता भएका टाइल समाधानको मुख्य गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमध्ये एक हो। अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ४ हजार भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ।


