काठमाडौँः साताको चौथो कारोबार दिन बुधबार (आज) पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ। आज नेप्से परिसूचक ०.०४ अंकले घटेर २ हजार ६६२.०९ विन्दुमा बन्द भएको हो।
आज २ करोड २२ लाख ८२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १३ वटा कम्पनीको सेयरमूल्य स्थिर छ।
रिडी पावर कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सर्वाधिक कारोबार पनि सोही कम्पनीको भएको छ। सो कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


