काठमाडौँ: स्थानीय बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आइतबारदेखि निरन्तर चार दिन बढेको सुनको मूल्य यसदिन अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तीन लाख ६ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज प्रतितोला तीन लाख ६ हजार ५०० रूपैयाँमा झरेको छ।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ। तोलामा ५० रुपैयाँ बढेर यसदिन चाँदी प्रतितोला पाँच हजार ३४० रूपैयाँमा किनबेच हुँदैछ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस पाँच हजार ७० अमेरिकी डलर रहेको छ।


