काठमाडौँः नेपाली मौलिक स्वादको ४८ वर्षे गौरवमय विरासत बोकेको बाजेको सेकुवाले आफ्नो २६औँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–५, हसनपुर (जेन–जी मार्ग अगाडि) शाखा सञ्चालनमा ल्याएको हो।
यो विस्तारसँगै बाजेको सेकुवाको चर्चित परम्परागत स्वाद अब सुदूरपश्चिम प्रदेशमा पनि उपलब्ध भएको छ।
सिग्नेचर सेकुवा, छोयला, विभिन्न खाजा सेट तथा दाउराको आगोमा पकाइने परम्परागत परिकारका लागि परिचित यस ब्रान्डले नयाँ शाखामार्फत सांस्कृतिक मौलिकता र आधुनिक सेवासुविधाको संयोजन प्रस्तुत गर्ने जनाएको छ। ग्राहकलाई न्यानो, पारिवारिक तथा आरामदायी वातावरणमा सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।
कम्पनीका अनुसार यो विस्तारले नेपाली खानपान संस्कृतिको प्रवर्द्धन, गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यलाई अझ सुदृढ बनाएको छ।


