काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ८.९७ अंकले बढेर २ हजार ६७१.०७ विन्दुमा बन्द भएको हो।
आज २ करोड ७७ लाख ८० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ११ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ६ वटा कम्पनीको सेयरमूल्य स्थिर छ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको ७० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


