काठमाडौँः नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदी तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।


