काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिलायन्स स्पिनिङ मिल्सको सेयर सूचीकृत भएको छ। कम्पनीको एक करोड ९० लाख कित्ता सेयर आज शुक्रबार नेप्सेमा सूचीकरण भएको हो।
सूचीकरणपछि कम्पनीको सेयर कारोबार आगामी सोमबारदेखि सुरु हुनेछ। पहिलो कारोबार स्पेसल प्रि–ओपन सेसनमार्फत हुने नेप्सेले जनाएको छ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य दायरा निर्धारण गरेको छ। सो दायराभित्रको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्नेछ। कम्पनीको सेयर (आरएसएमएल) सिम्बल बाट कारोबार हुनेछ।
कम्पनीले बुक बिल्डिङ विधिबाट प्रति कित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ जारी गरेको थियो। रिलायन्स स्पिनिङ मिल्स धागो उत्पादन गर्ने नेपालकै ठूला उद्योगमध्ये एक हो। कम्पनीले उत्पादन गर्ने करिब ७० प्रतिशत धागो विदेश निर्यात हुँदै आएको छ।


