काठमाडौँः टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज फागुन १ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले अब ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँ बराबरका ४२ लाख ३० हजार ६ सय ६८ कित्ता सेयर निष्कासन गर्नेछ।
सेयर निष्कासनका लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।


