२०८३ कार्तिक १३ गते बिहिबार

बास्केटबलमा नेपाल र भुटान भिड्दै

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ३१
Nepali basketball team

काठमाडौं – नेपाली सिनियर पुरुष बास्केटबल टिमले आज माल्दिभ्समा भुटानको समना गर्दैछ। माल्दिभ्समा बुधबारबाट सुरु हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानविरुद्ध खेल्न लागेको हो।

आज ४ः४५ मा सुरु हुने खेलमा नेपाल जितको लक्ष्यसँगै भुटानविरुद्ध उत्रनेछ। माल्दिभ्स बास्केटबल संघले आयोजनामा हुने प्रतियोगितामा पहिलो खेल भएकोले दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छ।

यता नेपालले दक्षिण एसियाली खेलकुद पछि पहिलो पटक खेल्न लागेको हो। सो प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। त्यो प्रतियोगितालाई हेर्ने हो भने हामी यसको पनि उपाधि दावेदार हो। हामी राम्रो खेल्नेछौं, माल्दिभ्स जानुअघि नेपाली टिमका कप्तान सदिश प्रधानले भनेका थिए।

यो प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल पाकिस्तानसँग बिहीबार र बंगलादेशसँग शनिबार खेल्नेछ। यस्तै नेपालले लिगको आफ्नो अन्तिम खेल आउँदो आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ।

जुन २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागीता रहेको छ ।

प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन्। शीर्ष दुई टोलीले फाइनल खेल्ने छ।

नेपाली टोली

सदिश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह

प्रकाशित: २०८० जेठ ३१ गते बुधबार १०:३२
प्रतिक्रिया

थप समाचार

शनिबारदेखि ‘थ्री वाइ थ्री’ बास्केटबल, ब्राण्ड एम्बास्डरमा अभिनेता अनुपविक्रम शाही

काठमाडौं– नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्ड हलमा शनिबारदेखि हुने प्रतियोगितामा...

सरकारले खेलकुदलाई प्राथमिकतामा नराख्दा समस्या : सदस्य सचिव वाग्ले

काठमाडौं – सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा समस्या हुँदै आएको प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशका सदस्यसचिव हंसराज वाग्लेले बताएका छन्। बुधबार विराटनगरमा कोसी प्रदेश बास्केटबल...

पहिलो खेलमा पराजित नेपालले पाकिस्तानको सामाना गर्दै

काठमाडौं – नेपाली सिनियर पुरुष बास्केटबल टिमले आज माल्दिभ्समा पाकिस्तानको समना गर्दैछ। पहिलो खेलमा नै भुटानसँग हार बेहोरेको नेपालले जितको लक्ष्यसँगै पकिस्तानविरुद्ध भिड्न लागेको हो। माल्दिभ्समा...

ह्विलचेयरमा बसेर बास्केटबल खेल, पहिलो बन्यो महानगरको टोली

पोखरा- कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टिम प्रथम भएको छ। आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना