काठमाडौँ: प्रिमियम टायल उत्पादक कम्पनी कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै मधेश प्रदेशको जनकपुरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। बाबा अटोमाटा ट्रेडिङ प्रालिद्वारा सञ्चालित शोरूमले जनकपुर आसपास र तत्काल मधेश प्रदेशमा टायलको बढ्दो मागलाई लक्षित गरी स्थापना भएको हो।
शोरूमको औपचारिक उद्घाटनमा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू, उद्योग क्षेत्रका प्रतिनिधिहरू तथा स्थानीय ग्राहकहरूको उपस्थिति रहेको थियो। उद्घाटन समारोह कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालद्वारा रिबन काटेर सम्पन्न गरिएको थियो। कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी तथा मिस नेपाल कोसमो २०२५ दीपशिखा नेपालको उपस्थितिले रहेको थियो।
कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले भने, ‘कजारिया जस्ता प्रतिष्ठित ब्रान्डहरूको जनकपुरजस्ता प्रमुख शहरमा विस्तार हुनु नेपालका निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो सकारात्मक गतिशीलताको संकेत हो। यस्ता पहलहरूले उपभोक्ताहरूलाई गुणस्तरीय तथा विश्वसनीय उत्पादनमा पहुँच प्रदान गर्नुका साथै रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक वृद्धिमा समेत टेवा पुर्याउँछन्।’
जनकपुरको प्रमुख स्थानमा अवस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टायल संग्रहहरू आकर्षक र व्यवस्थित रूपमा प्रदर्शित गरिएको छ। ग्राहकहरूले आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोगका लागि उपयुक्त विविध डिजाइन तथा शैलीहरू आधुनिक र ग्राहक–मैत्री वातावरणमा अवलोकन गर्न सक्नेछन्।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको टायल उत्पादन उद्योगमार्फत ३ हजारभन्दा बढी डिजाइनका टायल उत्पादन गर्दै आएको छ। हाल कम्पनीको नेपालभर १०० भन्दा बढी शोरूम सञ्चालनमा छन्। कम्पनीका उत्पादनमा ग्लेज्ड भिट्रिफाइड, हेभी ड्युटी भिट्रिफाइड तथा सेरामिक वाल टायलहरू समावेश छन्।


