काठमाडौँ: नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य ४ हजार ८ सय ८५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य ४ हजार ८ सय ६० रुपैयामा कारोबार भएको थियो।







