काठमाडौँ: केही समयअघि निरन्तर बढ्दै गई गत माघ १५ गते तोलामा तीन लाख ३९ हजार ३०० रुपैयाँको ऐतिहासिक मूल्य कायम भएको सुनको मूल्य पछिल्लो समय घट्न थालेको छ। बुधबार सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन लाख ४०० रुपैयाँमा किनबेच हुँदैछ। सोमबारयता सुनको मूल्य निरन्तर घटेको हो। सोमबार तोलामा तीन हजार र मंगलबार ९०० रुपैयाँले सुनको मूल्य घटेको थियो।
गत बिहीबार र शुक्रबार पनि सुनको मूल्य घटेकोमा आइतबार भने तोलामा दुई हजार ३०० रुपैयाँले वृद्धि भएको थियो।
यसदिन चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर प्रतितोला चार हजार ८८० रुपैयाँमा कारोबार भैरहेको छ।


