काठमाडौं। नेपाली कांग्रेसले दोस्रो चरणको आर्थिक सुधारको घोषणा गरेको छ। यसअघि २०४८ मा पहिलो आर्थिक सुधार कार्यान्वयन गरेको कांग्रेस सरकारले अब दोस्रो चरणको आर्थिक सुधार गर्ने जाकारी दिएको हो।
कांग्रेस सभापति गगनकुमार थापाले बिहीबार राजधानीमा पाँच वर्षको प्रतिज्ञापत्र सार्वजनिक गर्दै दोस्रो चरणको आर्थिक सुधारको काम अघि बढाउने बताए।
उनले पाँच वर्षमा मुलुकको अर्थतन्त्रको आकार बढाएर ११५ खर्ब रुपैयाँको पुर्याउने लक्ष्य लिएको जानकारी दिए। यो लक्ष्य पुरा गर्न वार्षिक न्यूनतम साढे सात प्रतिशत आर्थिक वृद्धि चाहिने उनले सुनाए।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालका अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब रुपैयाँ रहेको छ। यो गत वर्षको हो। यो वर्ष अर्थतन्त्रको आकार बढ्नेछ।
यो लक्ष्य प्राप्त गर्न निजी क्षेत्रलाई व्यापक परिचालन गर्ने र स्वदेशमै ठूलो रोजगारीको अवसर सिर्जना गर्ने उनले बताए। यस्तै सार्वजनिक सम्पत्तिको मौद्रिकीकरण गरेर लगानी जुटाउने, व्यापक रुपमा विदेशी लगानी जुटाउने र लगानीको जोखिम हेजिङ फण्डको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएको छ।


