काठमाडौँः संयुक्त उर्जा लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको छ । कम्पनीले फागुन ५ गते बोर्डमा आवेदन दिएको हो।
कम्पनीले ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता सेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले म्याग्दीमा २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ भदौ ९ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।


