२०८३ कार्तिक २३ गते आईतबार

बैंकहरूको कर्मचारी खर्च छ प्रतिशत बढ्यो, तलबभत्ता ३० अर्ब नाघ्यो

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, फाल्गुण १०
Banijya_BAnk_nepal

काठमाडौँ: सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको कर्मचारी तलबभत्ता खर्च उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा (पुस मसान्तसम्म) सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले कर्मचारी तलब, भत्ता तथा अन्य सुविधा शीर्षकमा ३० अर्ब १५ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्। यो वृद्धि बैंकिङ क्षेत्रको विस्तारसँगै प्रशासनिक लागत पनि उच्च देखिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूको कर्मचारी तलबभक्ता खर्च अघिल्लो वर्षको तुलनामा ५.९० प्रतिशत बढेको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरूले कर्मचारी तलब, भत्ता तथा अन्य सुविधा शीर्षकमा २८ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेका थिए।

पछिल्लो समय बैंकहरूले डिजिटल बैंकिङ, मोबाइल सेवा र प्रविधिमैत्री प्रणाली विस्तारलाई प्राथमिकता दिएको दाबी गरे पनि कर्मचारी व्यवस्थापन र प्रशासनिक खर्च घट्न नसकेको देखिन्छ। प्रविधि विस्तारसँगै दक्ष जनशक्ति, साइबर सुरक्षा, डाटा व्यवस्थापन तथा ग्राहक सेवा सुदृढीकरणका लागि थप लगानी आवश्यक परेकाले खर्च बढेको हुन सक्छ।

सिटिजन्स बैंकले सबैभन्दा बढी खर्च वृद्धि गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। जुन गत वर्ष भन्दा २२.९७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पुस मसान्तमा सिटिजन्स बैंकले ८३ करोड रुपैयाँ खर्च गरेको थियो।

त्यस्तै, गत वर्षको तुलनामा स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक र प्रभु बैंकमा भने खर्च घटेको छ।

चालू आर्थिक वर्षको छ महिनामा ठूला वाणिज्य बैंकहरूमा कर्मचारी खर्च सबैभन्दा बढी देखिएको छ। राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंकमा तलबभत्ता खर्च दुई अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यी बैंकहरू शाखा सञ्जाल, सेवा विस्तार र कर्मचारी संख्याका हिसाबले ठूला भएकाले खर्च पनि उच्च देखिएको हो।

त्यसैगरी एनएमबी बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र कृषि विकास बैंकमा कर्मचारी तलबभत्ता खर्च १ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। अन्य बैंकहरूको खर्च भने १ अर्ब रुपैयाँभन्दा कम छ।

पछिल्ला वर्षहरूमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी र डिजिटल वालेटको प्रयोग तीव्र रूपमा बढेपछि भौतिक शाखाको आवश्यकता तुलनात्मक रूपमा घट्दै गएको छ। खर्च कटौती गर्नको लागि बैंकहरूले आफ्ना शाखा कार्यालयहरू मर्ज गर्न थालेका छन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत महानगरपालिका क्षेत्रभित्र शाखा एकीकरण वा स्थानान्तरण गर्दा पूर्वस्वीकृति लिनु नपर्ने व्यवस्था गरेपछि बैंकहरू नजिक–नजिक रहेका शाखा गाभ्न सक्रिय भएका छन्। नयाँ व्यवस्थाअनुसार महानगर क्षेत्रभित्र शाखा बन्द वा स्थानान्तरण गर्नुपरेमा सम्बन्धित बैंकले कम्तीमा ९० दिनअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसको लागि केही बैंकहरूले सूचना जारी गरिसकेका छन् भने अन्य जारी गर्ने तयारीमा छन्। बैंकहरूले शाखा कार्यालय समायोजन गरेमा खर्च कटौती हुने बैंकरहरूको भनाइ छ।

 

प्रकाशित: २०८२ फाल्गुण १० गते आईतबार ०६:२१
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना