काठमाडौँः सुनको मूल्य सोमबार पनि बढेको छ। आज सुन तोलाको ३ हजार २ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार २०० रुपैयाँले वृद्धि भएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।


