काठमाडौँः साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.४१ अंकले बढेर २ हजार ६१६.९७ विन्दुमा बन्द भएको हो।
आज एक करोड २६ लाख २१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ९ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
सालपा विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ। सो कम्पनीको ३६ करोड २ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।


