काठमाडौँः रिज लाइन इनर्जीले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओको बाँडफाँड फागुन १४ गते बिहीबार हुने भएको छ।
माघ २८ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आइपीओमा आवेदन दिने अन्तिम दिन फागुन ४ गतेसम्म २५.१० गुणा बढी आवेदन परेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको थियो।
कम्पनीले ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेका थियो। जसमा २६ लाख ६३ हजार ५५७ जनाले २ करोड ९६ लाख ३७ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन्।


