काठमाडौँः साताको चौथो कारोबार दिन बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १०.३० अंकले बढेर २ हजार ६४८.९० विन्दुमा बन्द भएको हो।
आज एक करोड ४ लाख ५६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १३ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।
सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार आँखु खोला जलविद्युत आयोजनाको भएको छ। सो कम्पनीको २८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


