२०८३ कार्तिक २३ गते आईतबार

चालू पुँजी कर्जामा राष्ट्र बैंकको लचकता: व्यवसायलाई राहत, बैंकिङ जोखिममा चुनौती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १४
nrb2

काठमाडौँ: नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी नीतिमा महत्वपूर्ण परिवर्तन गर्दै व्यावसायिक क्षेत्रलाई राहत दिने प्रयास गरेको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत केन्द्रीय बैंकले कर्जाको अवधि निर्धारण, उपयोग तथा बक्यौता व्यवस्थापनसम्बन्धी प्रावधानहरू खुकुलो बनाएको हो।

नीतिगत सहजताले व्यवसायलाई राहत पुग्ने अपेक्षा गरिए पनि बैंकहरूको पुँजी पर्याप्तता, जोखिम व्यवस्थापन क्षमता तथा व्यवहारिक कार्यान्वयन कत्तिको सक्षम छ भन्ने प्रश्नसमेत उठ्न थालेको छ।

नयाँ व्यवस्थाले विशेषगरी नगद चक्र लामो हुने उद्योग, आयात–निर्यात व्यवसाय तथा साना–मझौला उद्यमलाई राहत दिने विश्वास गरिएको छ। नगद अभावका कारण कारोबारमा आउने अवरोध कम हुने, कर्जा नवीकरणमा सहजता आउने र बजारमा तरलता प्रवाह बढ्ने अपेक्षा गरिएको छ।

नयाँ प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह, कारोबारको प्रकृति तथा वित्तीय विवरणको विश्लेषणका आधारमा स्थायी चालू पुँजी कर्जाको अवधि स्वयं निर्धारण गर्न सक्नेछन्। यसअघि कडा ढाँचामा आधारित अवधि निर्धारण अब व्यवसायको वास्तविक नगद चक्रअनुसार लचक बनाइएको छ। यसले नगद प्रवाह ढिलो हुने उद्योग तथा व्यापारिक प्रतिष्ठानलाई वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने विश्वास गरिएको छ।

त्यसैगरी, चालू पुँजी कर्जाको बक्यौता घटाउने व्यवस्थामा पनि उल्लेखनीय परिवर्तन गरिएको छ। पहिले ऋणीले वर्षमा कम्तीमा लगातार सात दिन कर्जाको बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने बाध्यता थियो। नयाँ संशोधनसँगै उक्त सीमा बढाएर ३० प्रतिशत पुर्‍याइएको छ। व्यापारिक क्षेत्रले यसलाई व्यवहारिक र राहतपूर्ण निर्णयका रूपमा लिएको छ, किनकि १० प्रतिशतको सीमा धेरै व्यवसायका लागि कार्यान्वयनयोग्य नभएको गुनासो लामो समयदेखि हुँदै आएको थियो।

विश्लेषक अनलराज भट्टराईका अनुसार बक्यौता सीमा १० प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्‍याउनु सकारात्मक कदम भए पनि बैंकहरूको पुँजी सुदृढ नभएसम्म यसको प्रभाव सीमित हुन सक्छ। उनका अनुसार कर्जा विस्तारसँगै बैंकिङ प्रणालीको पुँजी सुदृढीकरण र प्रभावकारी जोखिम व्यवस्थापनमा ध्यान दिन आवश्यक छ। ‘राष्ट्र बैंकले पहिला बैंकिङ क्यापिटल कसरी बढाउन सकिन्छ त्यो कुरामा ध्यान दिन जरुरी छ,’ उनले भने।

बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले पनि नीतिगत लचकता व्यवहारमा लागू गर्न चुनौती हुन सक्ने बताएका छन्। एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङका अनुसार जोखिम मूल्याङ्कन, पुँजी पर्याप्तता र ऋणीको वास्तविक वित्तीय अवस्थाको सन्तुलित विश्लेषण बिना नयाँ व्यवस्था प्रभावकारी हुन कठिन हुनेछ।

राष्ट्र बैंकका तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट ८ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी चालू पुँजी कर्जा प्रवाह भइसकेको छ, जसमा वाणिज्य बैंकहरूको हिस्सा ८ खर्ब ३१ अर्ब रुपैयाँभन्दा बढी रहेको छ।

चालू पुँजी कर्जा भनेको संस्था, फर्म वा कम्पनीको चालू सम्पत्ति र चालू दायित्वबीचको अन्तर व्यवस्थापन गर्न प्रदान गरिने कर्जा हो। कच्चा पदार्थ खरिद, कर्मचारी तलब, भाडा, ढुवानी, ऊर्जा तथा अन्य दैनिक सञ्चालन खर्च व्यवस्थापनका लागि यस्तो कर्जा अत्यावश्यक हुन्छ। उत्पादन बिक्रीपछि रकम प्राप्त हुन समय लाग्ने भएकाले बीचको वित्तीय अन्तर पूर्ति गर्न चालू पुँजी कर्जाले महत्वपूर्ण भूमिका खेल्छ।

समग्रमा, राष्ट्र बैंकको नीतिगत लचकताले व्यवसायिक वातावरण सुधार गर्ने संकेत दिएको छ। तर, दीर्घकालीन प्रभाव सकारात्मक बनाउन बैंकहरूको पुँजी सुदृढीकरण, प्रभावकारी नियमन तथा जोखिम व्यवस्थापन प्रणालीलाई समानान्तर रूपमा मजबुत बनाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित: २०८२ फाल्गुण १४ गते बिहिबार ०८:२३
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना