काठमाडौँः रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) आज बिहीबार बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहान ९ बजे सेयर बाँडफाँड गरेको हो।
कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता सेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २७ लाख २३ हजार ९१४ जनाबाट आवेदन परेको थियो, जसमा २५ लाख ३७ हजार ३०१ जनाको आवेदन मात्र योग्य ठहरिएको छ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो। गोलाप्रथाबाट १ लाख १८ हजार २६ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने बाँकी आवेदक हात खाली भएका छन्।


