२०८३ कार्तिक २३ गते आईतबार

ऋणपत्रमार्फत राष्ट्र बैंकले बजारबाट तान्यो दुई खर्ब

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १६
nrb2

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/०८३ को छ महिनामा बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न करिब दुई खर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ।

पुस १४ गतेदेखि पुस ३० गतेसम्म छोटो अवधिमा विभिन्न चरणमा ऋणपत्र जारी गर्दै केन्द्रीय बैंकले बजारमा रहेको अतिरिक्त लगानीयोग्य पुँजी सोस्ने प्रयास गरेको हो।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार बैंकिङ प्रणालीमा तरलता बढेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले आवश्यकताअनुसार विभिन्न मौद्रिक उपकरण प्रयोग गर्ने गर्दछ।

परिस्थितिअनुसार तरलता प्रशोचनका उपाय अपनाइने र दीर्घकालीन तथा संरचनागत व्यवस्थापनका लागि ऋणपत्रलाई प्रभावकारी साधनका रूपमा प्रयोग गरिने उनले बताए।

पुस महिनाभर राष्ट्र बैंकले एक वर्षे अवधिका विभिन्न शीर्षकका ऋणपत्र जारी गरेको थियो। पुस १४ गते २५ अर्ब रुपैयाँ बराबरको “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’” जारी गरिएको थियो भने पुस १६ गते सोही अवधिको २५ अर्ब रुपैयाँको “ऋणपत्र २०८३ ‘ख’” निष्कासन गरिएको थियो। त्यसैगरी पुस २० गते “ऋणपत्र २०८३ ‘ग’” नाममा थप २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिएको थियो।

यस क्रमलाई निरन्तरता दिँदै पुस २२ गते २५ अर्ब रुपैयाँको “ऋणपत्र २०८३ ‘घ’”, पुस २३ गते २० अर्ब रुपैयाँको “ऋणपत्र २०८३ ‘ङ’” र पुस २४ गते १० अर्ब रुपैयाँको “ऋणपत्र २०८३ ‘च’” निष्कासन गरिएको थियो। त्यस्तै पुस २८ गते २५ अर्ब रुपैयाँको “ऋणपत्र २०८३ ‘छ’”, पुस २९ गते २० अर्ब रुपैयाँको “ऋणपत्र २०८३ ‘ज’” तथा पुस ३० गते २५ अर्ब रुपैयाँको “ऋणपत्र २०८३ ‘झ’” जारी गरिएको थियो। यी सबै ऋणपत्र एक वर्षे अवधिका रहेका छन्।

हाल राष्ट्र बैंकले ऋणपत्र निष्कासन रोक्दै पछिल्ला दुई महिनादेखि निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ। बैंकिङ प्रणालीमा आठ खर्ब रुपैयाँभन्दा बढी तरलता रहेको अनुमान गरिएको छ, जसले कर्जा विस्तार सुस्त हुँदा लगानीयोग्य पुँजी निष्क्रिय अवस्थामा थन्किने समस्या बढाएको छ।

उपलब्ध तथ्यांकअनुसार गत कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप परिचालन ३.१ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ३८ करोड रुपैयाँले वृद्धि भएको छ।

निक्षेप निरन्तर बढ्दै गए पनि कर्जा प्रवाह अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकहरूमा तरलता चाप बढिरहेको देखिन्छ। बैंकिङ प्रणालीमा अत्यधिक तरलता आकस्मिक अवस्था नभई दीर्घकालीन संरचनागत समस्या भएको राष्ट्र बैंकको विश्लेषण छ।

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले जम्मा ६५ अर्ब ४ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन्।

प्रकाशित: २०८२ फाल्गुण १६ गते शनिवार ०८:२९
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना