काठमाडौँः साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ लाख २० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने तोलामा २४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ ।


