काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आईतबार (आज) याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड र सोपान फर्मास्युटिकल्स लिमिटेडलाई आईपीओ निष्काशनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको हो।
याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले कुल २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएँको छ भने । उक्त निष्काशनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
त्यसैगरी, सोपान फर्मास्युटिकल्स लिमिटेडले ११ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएँको छ । यसबाट कम्पनीले ११ करोड रुपैयाँ पूँजी जुटाउने लक्ष्य राखेको छ। कम्पनीले २०८१ असार ३० गते सेबोनमा आवेदन दिएको थियो। सोपानको आईपीओका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकिएको छ।
दुवै कम्पनीलाई विवरणपत्र प्रकाशनको अनुमति प्राप्त भएसँगै अब सार्वजनिक निष्काशन प्रक्रिया अघि बढ्नेछ।


