काठमाडौँ: नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै आज अर्थात सार्वजनिक बिदाका दिन पनि बैंकहरूका शाखा खुला छन्। राष्ट्र बैंकले होलीसहित फागुन २१ गते निर्वाचनका दिन पनि बैंक वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।
जसअनुसार सोमबार पहाड र हिमाली प्रदेशको होलीको दिन विभिन्न बैंकहरूले सूचनामार्फत खुला रहेका बैंकिङ शाखाबारे जानकारी दिएका छन्।
यसदिन ग्लोबल आईएमई बैंकले काठमाडौँ उपत्यकाभित्र कान्तिपथ, न्युरोड, कुलेश्वर, ठमेल, कमलादी, नयाँ बानेश्वर, बत्तीसपुतली, चाबहिल गोंगबु, कोटेश्वर, अनामनगर, चारखाल डिल्लीबजार, बाफल, थानकोट, लगनखेल, कुपण्डोल र कमलादीका शाखा खुला गरेको छ।
यस्तै काभ्रेको बनेपा, बागलुङको बागलुङमा, कास्कीको चिप्लेढुङ्गा र पर्वतको कुश्मा शाखाबाट पनि सेवा प्रदान गरिरहेको छ।
यस्तै गुल्मीको तम्घास शाखा पनि खुला रहेको छ।
यसैगरी महालक्ष्मी विकास बैंकले तराईँका सबै शाखा खुला रहेको पनि हिमाल र पहाडमा रहेका शाखा बन्द रहेको जानकारी दिएको छ। सिटिजन्स बैंकले पनि आज हिमाल र पहाडी जिल्लामा सेवा दिएको छैन।
सानिमा बैंकले यसदिन पोखराको न्यूरोड र काठमाडौँको नक्साल शाखा खुला रहने बताएको छ।
यस्तै एनमएमबी बैंकले यसदिन सबै शाखा साँझ ४ बजेसम्मका लागि खुला गरेको छ। जहाँ नगद काउन्टर, आरजीटीएस, अत्यावश्यक सेवा उपलब्ध हुनेछन्।
सिद्धार्थ बैंकको काठमाडौँस्थित हात्तीसार र पोखरास्थित सभागृह चोकका शाखा खुला छन्।
कुमारी बैंकको पोखरास्थित चिप्लेढुङ्गा र सुर्खेतस्थित वीरेन्द्रनगरका शाखा खोलिएको छ।


